क्यालिफोर्नियाका जोडीले सगरमाथामा गरे विवाह

अमेरिकाको क्यालिफोर्नियाका ३५ वर्षिय जेम्स सिसोम र ३२ वर्षिया यास्ली स्माइडरले हजारौं किलोमिटरको दुरीको यात्रा तय गर्दै तथा कैयों दिन हिउँ-बरफ छिचोल्दै सगरमाथा हिमाल मुनि लगन गाँठो गरे।

क्यालिफोर्नियाका जोडीले सगरमाथामा गरे विवाह

 संसारको शिर्ष उचाईमा ! यस जोडीले तीन हप्ता ट्रेकिङ गरि हिउँ र वरफको बेवास्ता गर्दै सगरमाथामा गरे  विवाह (र बेहुली वैवाहिक पहिरनमा सुसज्जित थिईन)!!!        

 

हरेक जोडी आफ्नो विवाहको दिन अविस्मरणीय रहोस भन्ने चाहन्छ तर यो जोडीले भने आफ्नो विवाह सम्झनामा हर-हमेसा रहोस् भनि सुनिश्चित गर्न अपनाएको शैली र स्थानले तपाई-हामीलाई गौरवान्वित तुल्याएको  ।

अमेरिकाको क्यालिफोर्नियाका ३५ वर्षिय जेम्स सिसोम र ३२ वर्षिया यास्ली स्माइडरले हजारौं किलोमिटरको दुरीको यात्रा तय गर्दै तथा कैयों दिन हिउँ-बरफ छिचोल्दै सगरमाथा हिमाल मुनि लगन गाँठो गरे।

यो साहसिक नव-विवाहित जोडीले यस यात्रा सफल पार्न १ वर्ष अघि देखि तयारीमा जुटेको थियो । समुद्री सतह भन्दा करिब १७००० फिटमाथि रहेको सगरमाथा आधार शिविर पुग्न चिसो तापक्रम, अप्ठेरो भू-भाग र उचाईमा लेक लाग्ने सम्भावनालाइ वास्ता नगरी यिनी दुईले यस कठिन ट्रेक्किङ यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

यास्लीले भनिन् : “धेरै सोच-विचार गरे पछि हामीले परम्परागत शैलीमा विवाह गर्नु हाम्रो लागि उपयुक्त नरहेको ठान्यौं । यो विशेष दिन आफ्ना आफन्त र साथीहरुको माझमा रही खुसी साटा-साट गर्ने इक्छ्या नरहेको होइन तर हामीलाई हाम्रो विवाह कुनै अकल्पनिय विदामा गएको बेला सम्पन्न गर्ने सोचले आकर्षित गर्यो ।”

“हामी दुवै प्रकृति प्रेमी हौँ र १४००० फिट सम्मको उचाईको अनुभव पहिले नै गरिसकेका थियौं , तर हामीलाई सगरमाथा आधार शिविर सम्म पुग्न लाग्ने तीन हप्ताको ट्रेकमा सामना गर्नुपर्ने शारीरिक र मानसिक चुनौतीहरु हाम्रा अरु अनुभवहरु भन्दा निकै बेग्लै र अप्ठेरो हुने थाहा थियो ।”

यस वैवाहिक समारोह निश्चयनै भिन्न र पृथक भएतापनि यस जोडीले आफ्नो संस्कृतिको कदर गर्दै परम्परागत पहिरन लगाएको थियो । यास्ली सेतो सुसज्जित गाउनमा सुन्दर बेहुली देखिएकी थिईन भने जेम्स कालो सुटमा आकर्षक देखिन्थे  ।

यस दिन र घडीलाई फोटोमा कैद गर्नका लागि विशेष विवाह फोटोग्राफर चार्लटन चर्चिलले यस जोडी संगै क्यालिफोर्नियादेखि यात्रा गरेका थिए  ।

चर्चिलले भने : ‘ म एक वास्तविक जोडीको विवाह कैद गर्न चाहन्थे  । यस यात्राको क्रममा उनीहरुले भोग्नु परेका दुख र पिडा, हर्ष र खुसी, थकान र चुनौतीहरुका साथै  यस जोडीको मनोरम प्रेमपनि कैद गर्न सफल भएँ । त्यस बाहेक, म सुन्दर हिमालहरुको अलौकिक विशालता र दुई मानिसहरु बिचको कोमल नाजुक प्रेमबिचको अन्तर चित्रण गर्न चाहन्थे ।’

Author: Bhisma Basnet

Post your views

Why Zed Travels for Trekking Experience


Zed Travels is a rapidly growing company with many years of international experience and a young and ambitious staff. We offer comprehensive assistance in selecting destinations, formulation and achievement of the purpose without forgetting about the great fun.

We have a wide range of accommodation adapted to all the needs, even the most demanding. As expected, we are able to offer the best solution in any given area.

Join our social media Community

Copyrights © 2018 Zed Travels Pvt. Ltd. All Rights Reserved | Developed by Meronetwork